काठमाडौं । आज वैशाख ७ गते आइतबारका दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। उक्त आइपीओ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओ ५ हजार १२९ जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी रहेको १.०५ कित्ता शेयर ३ जनालाई थप वितरण गरिएको छ ।
कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको छ।
स्वीकृत भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता शेयर बाँडफाँड गरिएको हो ।कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो। यो एफपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।
अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको मेरो शेयर iporesult.cdsc.com.np, बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
































