National life

विपद् न्यूनीकरण र उद्धार राहतका लागि सरकार स्रोतसाधन सहित तयारी अवस्थामा छ : गृहमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
464Shares
विपद् न्यूनीकरण र उद्धार राहतका लागि सरकार स्रोतसाधन सहित तयारी अवस्थामा छ : गृहमन्त्री
ncell

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने गृहमन्त्री रमेश लेखकले बताएका छन्।

आज काठमाडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरूमा पनि विपद् प्रतिकार्यका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताए । 'हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,लेखकले भने, 'जुनसुकैबेला जेसुकै हुनसक्छ ।

Royal Enfield
nic asia capital
बाढी, पहिरो, डुबान बारेमा पूर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।'

उनले सातै वटै प्रदेशमा रहेको आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ, 'मन्त्री लेखकले भने, राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतिको विकास भएको छ ।' प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि निजी क्षत्रेसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ ।

आवश्यकता अनुसार हेलिकोप्टर एसोसिएसनसित पनि हेलिकोप्टर तयारी  अवस्थामा राख्ने विषयमा समन्वय भएको छ,गृहमन्त्री लेखकले भने,'सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ। उनले प्रदेश सरकार,स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?