National life

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
822Shares
विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी
ncell

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरूमाथि संघीय हिकाइहरूबिच तथा विभिन्न जातजाति वा सम्प्रदायहरु बीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।

अभियोग पत्रमा माइला लामासहित दीपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नवीन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो । त्यही दिन हरिबहादुर खड्का, नेत्र विक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरुद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो ।

उनीहरूमाथि सङ्गठित आपराधिक समूहमा आबद्ध भई विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?