National life

विमानस्थल बन्द भएसँगै नेपाल एयरलाइन्सको उडान समय परिवर्तन, तालिका हेर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
762Shares
विमानस्थल बन्द भएसँगै नेपाल एयरलाइन्सको उडान समय परिवर्तन, तालिका हेर्नुहोस्
ncell

काठमाडौँ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ! स्तरोन्नतिको काम सुरु भएसँगै आज (कात्तिक २४ गते) देखि दैनिक १० घण्टा बन्द हुँदै छ ।

सोही कारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र युएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सले सार्वजनिक गरेको एक सूचना अनुसार काठमाडौँबाट ११ः५० (स्थानीय समय) मा उड्ने जहाज अब ९ः१५ मा उड्ने भएको छ।

नारिताबाट स्थानीय समय अनुसार ११ः२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेपाल वायुसेवा निगमले जनाएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ।

दोहाबाट ३ः२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ। यस्तै, काठमाडौँबाट ११ः१५ मा दुबई उड्ने जहाज अब ९ः३५ मिनेटमा उड्ने सूचनामा उल्लेख छ ।

 

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?