काठमाडौँ। आइतबार जापानमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धनले दुई तिहाइभन्दा बढी सिट सुरक्षित गरेको छ।
४ सय ६५ सदस्यीय संसदमा सत्तारुढ पक्षले ३ सय ५२ स्थान जित्न सफल भएको बताइएको छ। यस परिणामलाई जापानी राजनीतिमा अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
अघिल्लो चुनावमा स्पष्ट बहुमत नआएपछि साझेदारीमा सरकार चलाइरहेको एलडीपी यसपटक भने बलियो रूपमा फर्किएको छ र निर्णायक समर्थन पाएको छ।
दोस्रो विश्वयुद्धपछि कुनै एक दलले संसदमा दुई तिहाइ सिट हासिल गरेको यो पहिलो अवसर भएको टिप्पणी गरिएको छ।


































