National life

वीरगञ्ज नाका हुँदै ४० अर्बको सामान विदेश निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१० पुस २०८२, बिहिबार
1.1kShares
वीरगञ्ज नाका हुँदै ४० अर्बको सामान विदेश निर्यात
ncell

काठमाडौँ। पर्सास्थित वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएका छन्। गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो।

गत आवको पाँच महिनामा भने रु २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै रु तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । रु दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रु एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ ।

त्यस्तै रु एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?