National life

वृद्धभत्ता पाउने न्यूनतम ७० वर्ष, परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
760Shares
वृद्धभत्ता पाउने न्यूनतम ७० वर्ष, परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत
ncell

काठमाण्डौ । वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने कार्ययोजनालाई सरकारले स्वीकृत गरेको छ ।

पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजनालाई स्वीकृत गरेको हो ।

अघिल्लो महिना वैशाख पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजनामा उल्लेख छ । यसअघि वृद्धभत्ता पाउने उमेरलाई ६८ वर्षमा झारिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसअनुसार सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । यस्तै कार्ययोजनामा योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?