National life

‘व्यवसायीहरुको व्यवसाय राम्रो भएको दिन बैंकहरुमा पनि राम्रो हुनेछ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
613Shares
‘व्यवसायीहरुको व्यवसाय राम्रो भएको दिन बैंकहरुमा पनि राम्रो हुनेछ’
ncell

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले नेपालका बैंकहरु पनि अहिले निकै समस्यामा रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बैंकर्स संघका अध्यक्ष केसीले उक्त कुरा बताएका हुन्।

‘अहिले नेपालको बैंकिङ क्षेत्र पनि समस्यामै छ, बैंकहरुको रिटर्न अन इक्वीटी ९ प्रतिशतमा झरिसक्यो ।’ अध्यक्ष केसीले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘निजी क्षेत्रमा समस्या आएकाले बैंकहरुमा पनि समस्या आएको हो, तपाई व्यवसायीहरुको व्यवसाय राम्रो भएको दिन बैंकहरुमा पनि राम्रो हुनेछ’, अध्यक्ष केसीले व्यवसायीहरु प्रति इंकित गर्दै भने ।

बैंकहरुको खराब कर्जा बढेको, एनपीए बढेकाले पनि बैंकहरुले केहि असहजता महशुस गरेको केसीले बताए ।

आगामी मौद्रिक नीतिबाट बैंक र व्यवसायीहरु दुबैले राहत पाउने अपेक्षा पनि उनले व्यक्त गरे । अहिले ब्याजदर घटिरहेको र लगानी योग्य पुँजी अधिक मात्रामा उपलब्ध रहेकाले व्यवसायीहरुलाई त्यसको लाभ उठाउन केसीले अनुरोध गरे ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?