काठमाडौं । ऐन, कानुनको पालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्न नहुने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको विषयमा भएको छलफलमा उनले व्यापारीलाई सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेको बताएका हुन् ।
‘ऐन, कानुन परिपालनाको हकमा जरिवाना, सजायको हद १० हजार भन्दा बढी राख्नु अनुचित रहेकाले १० हजारसम्म कायम गर्नुपर्ने । दूषित खाद्य पद्धार्थ, न्यून स्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी, नोक्शानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद र अत्यधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकाले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनुपर्ने’, श्रेष्ठले विधेयकमा आफ्नो कुरा राख्दै भने ।


































