National life

व्यवसायी प्रसाईँले लाइसेन्स लिए पनि हतियार राख्न नपाउने छानबिन समितिको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
778Shares
व्यवसायी प्रसाईँले लाइसेन्स लिए पनि हतियार राख्न नपाउने छानबिन समितिको निष्कर्ष
ncell

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन उक्त विषयको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ।

सर्वोच्च अदालतको गेटबाट चैत ५ मा हतियारसहित प्रसाईँका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरू पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरिएको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा समितिले सुझाव दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?