National life

शवदाह गृह मेसिन खरिद प्रकरण : सदस्य सचिव डा.थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
765Shares
शवदाह गृह मेसिन खरिद प्रकरण : सदस्य सचिव डा.थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आज थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूले भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शवदाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरे अख्तियारको आरोप छ ।

सो मुद्दामा सदस्य सचिव डा.थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, सम्झौता विपरीत कम गुणस्तरको मेसिन जडान गरी पटक पटक समस्या देखिँदा पनि त्यसलाई बेवास्ता गरी काम सम्पन्न नहुँदै पहिलो बिलको भुक्तानी समेत दिइएको र ठेक्का सम्झौता र पेस्की जमानतको म्याद सकिँदा पनि ठेक्का अन्त्य गर्ने वा पेस्की रकम असुलउपर गर्ने कुनै प्रक्रिया अघि नबढाइएको समेत विभागले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?