National life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा दोहोरिए थानेश्वर पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
531Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा दोहोरिए थानेश्वर पौडेल
ncell

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन्। बैंकको शुक्रवार सम्पन्न १६ औँ वार्षिक साधारण सभाले संस्थापक शेयर धनीबाट थानेश्वर पौडेललाई निर्वाचित गरेको हो ।

त्यस्तै, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण शेयर धनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा.हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जनाएका छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अघि बढ्ने धारणा राखेका छन्।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?