National life

शान्ति सुरक्षा नभए आन्दोलनमा उत्रिने लघुवित्त बैंकर्स संघको चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
653Shares
शान्ति सुरक्षा नभए आन्दोलनमा उत्रिने लघुवित्त बैंकर्स संघको चेतावनी
ncell

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले देशभरीका ७७ वटै जिल्ला सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघले शान्ति सुरक्षाको माग गर्दै देशभरीका ७७ वटै जिल्ला सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै ७७ जिल्लाका सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

लघुवित्त बैंकर्स संघले सरकारी वेवास्ताका कारण देशमा संचालित लघुवित्तहरू संकटमा परेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, संघले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाइदिन राज्यसँग अनुरोध गरेको छ ।

लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेको संघले जनाएको छ । लघुवित्त बैंकर्स संघले भनेको छ ‘अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने, सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेका छन् ।’

लाखौं जनताको बैंकिङ्ग प्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्ने जस्ता गैर कानूनी गतिविधिहरु भैरहेकाले उक्त गतिविधि तत्काल राक्न संघले माग गरेको छ । साथै यसका लागि शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन लघुवित्त बैंकर्स संघले अनुरोध गरेको छ ।

पछिल्लो समय नियामक निकाय र सरकारले समेत समस्या समाधानलाई वेवास्ता गर्दा समस्या जटिल बन्दै गएको लघुवित्त बैंकर्स संघले जनाएको छ । मिटर व्याजी र आन्दोलनकारीले कर्मचारीलाई कुटपिट र कर्जा नतिरी लघुवित्तलाई संकटमा पुर्याउने र सम्बद्व सरकारी निकायले पनि वेवास्ता गरिरहने हो भने जस्तोसुकै कदम पनि चाल्न सक्ने संघको चेतावनी छ ।

सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलन बोल्दै संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले नेपालको कानून अनुसार दर्ता भएका संस्थाहरु माथि अस्वभाविक माग राखेर धम्काउने गरिएको उनले बताए । उनले भने ‘लघुवित्तका विरुद्ध पछिल्लो समय संघर्षको कार्यक्रम नै घोषणा गरेर आन्दोलन हुने गरेको छ । लघुवित्त संस्था खारेजी हुनुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध हुनुपर्ने, ऋण मिनाहा हुनुपर्ने लगायतका अस्वभाविक मागहरु राखिएको छ यस्ता मागको अर्थ नै छैन’।

त्यस्तै संघका महासचिव रामबहादुर यादवले आफूले कमजोरी गरेको भए आफूहरु सच्चिन तयार रहेको तर, गैरकानुनी काम सह्य नहुने बताए ।

संघका पुर्ब अध्यक्ष बसन्त लम्सालले मिटरव्याजीको निसाना र सरकारको बेवास्ता गरेको कारण लघुबित्त क्षेत्रमा संकट देखिएको बताए । ‘पछिल्लो समय नियामक निकाय र सरकारले समेत समस्या समाधानलाई वेवास्ता गर्दा समस्या जटिल बन्दै गएको छ । मिटर व्याजी र आन्दोलनकारीले कर्मचारीलाई कुटपिट र कर्जा नतिरी लघुवित्तलाई संकटमा पुर्याउने र सम्बद्व सरकारी निकायले पनि वेवास्ता गरिरहने हो भने जस्तोसुकै कदम चाल्न पनि पछि पर्दैनौँ, उनले भने ।’

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?