National life
cg eloctronics

शिक्षक आन्दोलनमा हस्तक्षेप गरेर सरकारले नाङ्गो रूप देखायो, तीन गुना शिक्षक भेला गर्छौ महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
410Shares
शिक्षक आन्दोलनमा हस्तक्षेप गरेर सरकारले नाङ्गो रूप देखायो, तीन गुना शिक्षक भेला गर्छौ महासंघ
ncell

काठमाडौँ। शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ  अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले ज्यादती गरेको भन्दै शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् ।

‘हामी शिक्षक हौँ। लट्ठी बोकेर आन्दोलनकारीलाई भड्काउन घुसपैठ पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रूप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनी दमन गर्न सक्दैन,’ उनले भने,

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बानेश्वरमा शिक्षक र प्रहरीबिच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् । यसपछि झन् शिक्षकहरू आक्रोशित भएका छन् ।

साथै भोलि थप शिक्षक कर्मचारी काठमाडौँ आउने महासंघले उल्लेख गरेको छ । भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन्। अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको सरकारलाई हेक्का होस् उसको रूप अब सामान्य हुनेछैन ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?