National life
cg eloctronics

आज कुन कम्पनीको सेयरमा भयो सबैभन्दा धेरै खरिदबिक्री ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ असोज २०८३, बुधबार
3.1kShares
आज कुन कम्पनीको सेयरमा भयो सबैभन्दा धेरै खरिदबिक्री ?
muktinatha bikash bank

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १०० वटाको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

everest bank

बढ्ने कम्पनीतर्फ घलेम्दी हाइड्रोको सेयर मूल्य ६.३५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, एनआईसी एसिया ब्यालेन्स फन्डको ५.८३ प्रतिशत, इग्वा हाइड्रोको ४.८५ प्रतिशत, आईसीएफसी फाइनान्स डिबेन्चरको ४.७८ प्रतिशत र सानिमा मिडल तमोरको ३.६६ प्रतिशतले सेयर मूल्य बढेको छ।

त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को २९ करोड ३६ लाख, पीपल्स् हाइड्रोपावरको १६ करोड २९ लाख, लिबर्टी इनर्जीको १६ करोड १८ लाख, सानिमा मिडल तमोरको १३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी रहेसँगै समग्र नेप्से परिसूचक दबाबमा परेको हो।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?