National life

शिक्षा विधेयकविरुद्ध आन्दोलनमा शिक्षक महासंघ, चरणबद्ध कार्यक्रम सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
673Shares
शिक्षा विधेयकविरुद्ध आन्दोलनमा शिक्षक महासंघ, चरणबद्ध कार्यक्रम सार्वजनिक
ncell

काठमाडौँ । शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको पहिलो चरण अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ।

भदौ ११ देखि २० गतेसम्म सबै प्रमुख दलका केन्द्रीय कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइनेछ भने त्यहीँ २ घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिइने छ।

यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते जिल्लास्तरीय समन्वय इकाइहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टे धर्ना आयोजना गरिने महासंघले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

महासंघले भदौ २१ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। यस चरणमा अवरोधात्मक र तीव्र विरोध कार्यक्रमहरू समावेश गरिने महासंघका नेताहरूले चेतावनी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?