काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन् ।
बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै भदौ ८ गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए आन्दोलनमा जाने बताएका हुन् ।
"८ गतेसम्म कुर्छौं ।
त्यो दिनसम्म माग पूरा भएन भने ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलनमा होमिन्छौं," प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकरीले भने ।
विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई “गैर–नाफामूलक“ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगायतका माग राखेका छन् ।
यस्ता छन् मागहरू :



































