National life

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २९.७ करोड, बीमा कोषमा ८ अर्ब ५९ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.5kShares
शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २९.७ करोड, बीमा कोषमा ८ अर्ब ५९ करोड
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको बित्तिय विवरण अनुसार चालू आवको तीन महीनामा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आवको भन्दा ३ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा जेन जी आन्दोलन तथा वर्षाको कारण भएको क्षतिको ठुलो दावी भुक्तानीको कारण कम्पनी चालू आवको तीन महीनामा भने १५ करोड ८५ लाख रुपैयाँ खुद घाटामा रहेको छ। गत आवको यसै अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी ५५ करोड १७ लाख रुपैयाँबाट सामान्य घटेर ५३ करोड ९० लाख रुपैयाँमा सीमित हुँदा कुल खर्च भने ३९ करोड ३८ लाख रुपैयाँबाट ९४.३६ प्रतिशतले बढेर ७६ करोड ५५ लाख रुपैयाँ कुल खर्च भएको छ।

गत आवको असोज मसान्तसम्म यस कम्पनीको बीमा कोषको आकार ५ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म ४६ प्रतिशतको वृद्धि सहित ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँको बीमाकोष भएको छ।

चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ७७ लाख रुपैयाँ सञ्चिति रहेको छ। प्रतिशेयर नेटवर्थ १९२.६३ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी भने २१.७० रुपैयाँ ऋणात्मक रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?