National life

शिवम् सिमेन्ट्सले गर्यो ३ अर्ब १० करोडको व्यापार ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
790Shares
शिवम् सिमेन्ट्सले गर्यो ३ अर्ब १० करोडको व्यापार ,अन्य सूचक कस्ता ?
ncell

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६१.७७ प्रतिशतले थोरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यसले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कम्पनीको नाफामा गिरावट आएको हो।

समिक्षा अवधिमा कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको अन्य आम्दानी पनि २७.९७ प्रतिशत घटेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ देखिएको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?