National life

शेयर कारोबारका लागि खोलिने खातामा अबदेखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
1.8kShares
शेयर कारोबारका लागि खोलिने खातामा अबदेखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य
ncell

काठमाडौँ । अबदेखि शेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताको केवाईसी भर्न राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको हो । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ ।

Royal Enfield
nic asia capital
हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएको छ ।

साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले समेत नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?