National life

शेयर कारोबारका लागि हिमालयन रि इन्स्योरेन्सले कति पाउला ओपनिङ रेन्ज ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
710Shares
शेयर कारोबारका लागि हिमालयन रि इन्स्योरेन्सले कति पाउला ओपनिङ रेन्ज ?
ncell

काठमाडौँ । बुधवार मात्रै सर्वसाधारणलाई शेयर (आईपीओ) बाँडफाँड गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा पहिलो कारोबारको लागि अधिकतम ३३२.७६ रुपैयाँसम्मको सीमा पाउने देखिएको छ । भने न्यूनतममा ११०.९२ रुपैयाँको सीमा पाउने देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अपरिष्कृत तथ्याङ्क अनुसार असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.९२ रुपैयाँ छ । नेपाल स्टक एक्सचेन्जले नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको तीन गुणासम्मको विन्दुलाई ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

सोही अनुसार न्यूनतम ११०.९२ देखि अधिकतम ३३२.७६ सम्मको रेन्जमा यस कम्पनीको पहिलो शेयर कारोबार हुने देखिन्छ । कम्पनीको वास्तविक ९लेखा परीक्षण० भएको नेटवर्थ भने १०३.०७ रहेको छ, नेप्सेले त्यसलाई आधार बनाएमा न्यूनतम १०३.०७ देखि ३०९.३१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने देखिन्छ ।

निजी क्षेत्रबाट स्थापना भएको यस पुनर्बीमा कम्पनीले १०६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २०६ रुपैयाँमा ३० करोड कित्ता शेयर निष्काशन गरेको थियो । त्यो शेयर वैदेशिक रोजगार, सामूहिक लगानी कोष र सर्वसाधारणलाई बाँडफाँड भइसकेको छ । हाल उक्त कम्पनीको शेयर नेप्सेमा सुचीकृत हुने चरणमा छ । सूचीकृत भएपछि कम्पनीको शेयर कारोबार सुरु हुनेछ । प्रिमियम मै शेयर जारी गरेको हुनाले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य कति पुग्छ भन्ने चासो सबै तिर जागेको छ ।

शेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ६.३२ रुपैयाँ थियो । चालु आवमा भने त्यो १०.२६ प्रतिशत पुग्ने विश्लेषण गरिएको छ । आव २०८१-०८२ मा त्यो १५.५२ प्रतिशत र आव २०८२-०८३ मा २२.८६ रुपैयाँ पुग्ने कम्पनीको दाबी छ ।

गत आवमा कम्पनीले ४४ करोड २४ लाख ३१ हजार नाफा कमाएको थियो । चालु आवमा १ अर्ब २ करोड ६४ लाख नाफा कमाउने प्रक्षेपण गरिएको छ । आव २०८१-०८२ मा १ अर्ब ५५ करोड २१ लाख र आव २०८२-०८३ मा २ अर्ब २८ करोड ६१ लाख नाफा कमाउने प्रक्षेपण गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?