काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयर धनीलाई गत आर्थिक २०८१/८२ को लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको २ सय ६६ औँ सञ्चालक समिति बैठकले शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सोही अनुसारको निर्णय नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ।
साथै उक्त बैठकमा २०८१ अषाढ मसान्तको वासलात आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान तथा नगद प्रवाह वितरण लगायतका वित्तीय विवरण छलफल गरेको थियो।
































