काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपाली नागरिकहरूमाझ शेयर मार्केट लोकप्रिय बन्दै गइरहेको छ । नेप्से सूचक ३ हजार को नजिक पुग्नु र कारोबार रकम पनि दिनप्रतिदिन बढ्नुले यसको सहजै पुष्टि गर्न सकिन्छ । शेयर बजारतर्फको आकर्षण बढिरहँदा यसका जोखिमका बारेमा जानकार भइएन भने यसले धनको नाश मात्र नभई ठूलो मानसिक चिन्ता पनि थपिदिन सक्छ । यस्तो परिस्थितिमा शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल तारा प्रसाद फुल्लेलले नयाँ लगानीकर्तालाई शेयरमा कसरी लगानी गर्ने भन्ने बिषयमा यस्ता सल्लाह तथा सुझाव दिएका छन् ।
शेयर बजारमा भर्खर भित्रिएका नयाँ लगानीकर्ताले सबैभन्दा सुरुमा बजारका बारेमा आधारभूत ज्ञान लिनुपर्छ । शेयर, बोनस, लाभांश, IPO, FPO, NEPSE, MeroShare जस्ता सामान्य शब्दहरूको बुझाइ राख्नुपर्छ । यसैगरी, CDSC, नेपाल स्टक एक्सचेञ्ज (NEPSE) र धितोपत्र बोर्ड (SEBON) को भूमिकाका बारेमा पनि जानकार हुन जरुरी हुन्छ ।
त्यसपछि विश्वसनीय कम्पनीको छानबिन गर्नुपर्छ । कम्पनीको वित्तीय अवस्था, लाभांश वितरण इतिहास, व्यवसायको दीर्घकालीन सम्भावना जस्ता कुरा अध्ययन गर्नुहोस । वार्षिक प्रतिवेदन, EPS (Earnings per Share), P/E Ratio, Net Worth हेर्नुहोस !
अर्काे महत्त्वपूर्ण कुरा भनेको आईपीओ र सेकेन्डरी मार्केटमा लगानी गर्दा फरक रणनीति अपनाउनुपर्छ । दुवै बजारमा एउटै खालको रणनीति सधैं ठीक हुँदैन । IPO मा लगानी तुलनात्मक रूपमा कम जोखिमयुक्त हुन्छ । त्यसो हुँदा तपाईंले अधिक माग भएको आईपीओमा आवेदन दिने बानी बसाल्नुपर्छ । Secondary Market मा लगानी गर्दा कम्पनीको प्राविधिक विश्लेषण (Technical Analysis) र आधारभूत विश्लेषण (Fundamental Analysis) गर्नुपर्छ ।
यस्तै सुरुवाती दिनमा लगानी गर्दा सधैं सानो रकमबाट सुरु गर्नुपर्छ । एकै पटक ठूलो रकम लगानीमा लगाउनु हुँदैन । सुरुसुरुमा १०-२० हजार रुपैयाँ लगानी गरेर बजारको अनुभव लिनु राम्रो हुन्छ ।
https://aarthikvoice.com/archives/56496
यस्तै, लागानी गरिरहँदा तत्कालको लागि भन्दा पनि पछि लामो समयसम्मको लागि सोचेर मात्र लगानी गर्ने बानी बसाल्नुपर्छ । तात्कालिक लाभको लोभले निर्णय लिनु हुँदैन । लामो अवधिको लगानी अपेक्षाकृत ढंगले सुरक्षित हुन्छ ।


































