काठमाडौँ । पछिल्लो तीन वर्षयता सुस्ताएको पुँजी बजारमा एकाएक चमक देखिएको छ । उक्त समय पुँजी बजारमा आएको गिरावटको कारण निरुत्साहित बनेको लगानीकर्ताको मनोबल उच्च भएको छ । निरन्तर रूपमा उकालो लागेको पुँजी बजारका कारण नेप्से परिसूचक सहित कारोबार रकममा समेत दैनिक रेकर्ड कायम हुँदै गएपछि उत्साह थपिएको हो।
यस भन्दा अगाडि २०७८ भदौ २ गते बजारले ३१९८ को नयाँ उचाइ कायम गरेको थियो ।
यसरी निरन्तर खस्किएको बजार उच्च रूपले बढ्नुलाई स्वाभाविक र अस्वाभाविक भन्ने दुईतर्फ चर्चा बजारमा चलिरहेको छ। नयाँ गठबन्धन बनेपछि सेयर बजारका लगानीकर्ताहरूमा आत्मविश्वास बढेका कारण सेयर बजारले रेकर्ड ब्रेक गरेको केही विश्लेषकहरुको भनाई छ । ओली ३ वर्षपछि सत्तामा आएपछि गभर्नर अधिकारी र ओलीबिच टयुनिङ मिलेको कारण बजारमा सकारात्मकता आएको केही विश्लेषकको भनाई छ।
नयाँ सत्ता समीकरणसँगै अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन भएसँगै लगानीकर्ता पनि उत्साहित देखिएका छन्। प्रमुख त नेपाल राष्ट्र बैंकले पुजीँबजारका लागी बनाइदिएको बाटो र राजनीतिक वातावरणले बजारलाई उकालो चढ्न प्रमुख भूमिका खेलेको छ ।
विश्लेषक तारा प्रसाद फुयाँलका अनुसार हाल पुजि बजारमा लगानीको आधारमा निर्माण भएको र बैैंकले थप ब्याजदर घटाएको कारण लगानीको वातावरण बनेको कारण बजारले थप तीव्रता लिने बताएका छन् ।






























