National life

शेयर बजारको गिरावट कायमै : ८ उपसूचक राताम्य , कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ भदौ २०८२, बिहिबार
1.1kShares
शेयर बजारको गिरावट कायमै : ८ उपसूचक राताम्य , कारोबार कति ?
ncell

काठमाडौँ । सातको अन्तिम कारोबारका दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ ।   शेयर बजारमा आएको एकपछि अर्को गिरावटको कारण लगानीकर्ताको मनोबल कमजोर भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८६ अकंले घटेर २७२५.४६ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ८ उपसूचक राताम्य भएका छन्। यस दिन वाणिज्य बैंक समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत,फाइनान्स समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८४ प्रतिशतले शेयर मूल्य घटेको छ।

उक्त दिन नेपाल रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, विन्ध्यवासिनी हाइडेपावरको १९ करोड ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको १७ करोड ६९ लाख २ हजार रुपैंया, यूनियन हाइड्रोपावरको १७ करोड ५८ लाख ९६ हजार रुपैयाँ रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?