National life
cg eloctronics

शेयर बजारमा आजदेखि नयाँ व्यवस्था लागु, एकैदिन १५% सम्म मूल्य घटबढ हुनसक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
2.3kShares
शेयर बजारमा आजदेखि नयाँ व्यवस्था लागु, एकैदिन १५% सम्म मूल्य घटबढ हुनसक्ने
muktinatha bikash bank

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबारलाई अझ सक्रिय र विस्तार गर्ने उद्देश्यसहित सोमबारदेखि नयाँ ‘सर्किट’ प्रणाली लागू गरेको छ।

हालै ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।

यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो । नेप्सेका अनुसार अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल मिलाउने र स्वदेशी पूँजी बजारमा बढ्दो लगानीकर्ताको चासोलाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कस्तो पर्ला प्रभाव ?

नयाँ मूल्य सीमा लागू हुँदा बजारमा अल्पकालीन रूपमा उतारचढाव बढ्न सक्ने अनुमान गरिए पनि यसले मूल्य निर्धारण प्रक्रियालाई अझ यथार्थपरक बनाउन र बजारमा तरलता वृद्धि गर्न सहयोग पुग्ने विश्लेषण गरिएको छ ।

यस व्यवस्थाले लगानीकर्तालाई बजारको प्रवृत्ति अनुसार छिटो निर्णय लिन र अवसरको सदुपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

नयाँ सर्किट प्रणालीसँगै नेप्सेको कारोबार व्यवस्थापन प्रणाली पनि अद्यावधिक गरिएको छ। यस कदमले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरतर्फ उन्मुख गराउँदै अझ परिपक्व बनाउने विश्वास गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?