काठमाडौँ। साताको दोस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अकंको गिरावट आएको छ । निरन्तर दुई दिन बढेको बजार आज करेक्सन आएको हो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५८ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको छ ।
आइतबार भने १० अर्बभन्दा माथिको सेयर कारोबार भएको थियो । तर सोमबार भने आइतबारको तुलनामा कारोबार घटेको छ । उपसूचक राताम्य भएका छन् भने ४ वटा समूहका सूचक बढेका छन् । आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ ।
उक्त दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७० करोड ९४ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत् कम्पनीको ४५ करोड १० लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन यूनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख २ हजार रुपैंया, एचआइडिसिएल संस्थापक सेयरको ३५ करोड ३६ लाख ३३ हजार रुपैयाँ कारोबार भएको छ ।






























