National life

शेयर बजारमा लगातारको गिरावट : १२ उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
567Shares
शेयर बजारमा लगातारको गिरावट : १२ उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ । शेयर बजारमा एकपछि अर्को गर्दै लगातार गिरावट आएको छ । शेयर बजारको सबै सबै सूचकहरू सकारात्मक हुँदै गर्दा पनि बजार भने लगातार गिरावट आउँदा लगानीकर्ता अन्योलमा परेका छन् ।

बैंक वित्तीय संस्थाको लाभांश सिजनको समयमा समेत बजारमा आएको निरन्तरको गिरावटको कारण लगानीकर्ता मात्रै नभएर शेयर बजार विश्लेषकहरू समेत चकित परेका छन् । बजारले बिना कारण लिएको गिरावटको कारण चार्ड पर्वको मुखैमा रहेका लगानीकर्तालाई थप निराश देखिएका छन्।

Royal Enfield
nic asia capital

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५९ अकंले घटेर २७२६.३७ बिन्दुमा कायम भएको छ। आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज १२ उपसूचक राताम्य भएको छ। आज वाणिज्य बैंक समूहको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ।

त्यस्तै, गिरावट आएको शेयर बजारमा समेत हिमस्टार ऊर्जाको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेको छ। त्यसै गरी यूनियन हाइड्रोपावरको ७.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?