National life

शेयर बजारमा लगातार गिरावट : कारोबार रकममा भने क्रमिक सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
414Shares
शेयर बजारमा लगातार गिरावट : कारोबार रकममा भने क्रमिक सुधार
ncell

काठमाडौँ। साताको अन्तिम कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से सूचक बिहीबार २४.५९ विन्दुले घटेर २६२९.०८ अंकमा आएको छ।

Royal Enfield
nic asia capital

आज ३१४ कम्पनीको २ करोड ९२ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसूचकहरू राताम्य भएका छन्।

आज, बिहीबार बैंकिङ समूहको ०.३९ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसअघिका २ दिनमा पनि बजार घटेको थियो। बिहीबार ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचक घटे पनि सेयर कारोबार रकममा भने बढोत्तरी देखिएको छ ।

उक्त दिन सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८५ करोड ४४ लाख ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।  बुटवल पावर कम्पनीको ५८ करोड ९ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लाख १३ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको ४२ करोड १७ लाख १७ हजार रुपैयाँ, राधी विद्युत् कम्पनीको ३५ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?