National life

शेयर बजारमा लगातार गिरावट, ६ अर्बमा खुम्चियो कारोबार, निराश बन्दै लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
1.1kShares
शेयर बजारमा लगातार गिरावट, ६ अर्बमा खुम्चियो कारोबार, निराश बन्दै लगानीकर्ता
ncell

काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज शेयर बजार ओरालो लागेको छ। लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार थप खस्किएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०२ अकंले घटेर २७४०.९५ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोडको कारोबार भएको छ ।

त्यस्तै, आज १२ उपसूचक राताम्य भएका छन्। आज विकास बैंक समूहको १.६७ प्रतिशत र हाइड्रोपावर समूहको १.०८ प्रतिशतले शेयर मूल्य घटेको हो। सेयर बजारमा गिरावट आउँदा पनि आज विकास हाइड्रोपावरको सेयरमा भने सकरात्मक सर्किट लाएको छ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको हो । त्यस्तै, नेपाल रिको २४ करोड ४७ लाख रुपैयाँ, हिमालयन रिको २३ करोड ३५ लाख रुपैयाँ, बुटवल पावरको १३ करोड ७३ लाख रुपैयाँ, शिवम् सिमेन्टको १२ करोड ६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

भने एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ५६ लाख रुपैयाँ, नारायणी विकास बैंकको ११ करोड २८ लाख रुपैयाँ, राधी विद्युतको ११ करोड ६ लाख रुपैयाँ, चन्द्रागिरि हिल्सको ९ करोड ८० लाख रुपैयाँ शेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?