काठमाडौँ। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले अन्ततः आफ्नो नाम फिर्ता लिएका छन् ।
राजदूतमा प्रस्तावित भट्टराईलाइ आज दिउसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र बुझाउन संसदीय सुनुवाइ समितिले निर्देशन दिएको थियो ।
शैक्षिक प्रमाणपत्र उपलब्ध बनाउन नसकेपछि उनले नाम फिर्ता लिएका हुन् । नाम अस्वीकृत गर्ने जानकारी दिएको छ।
भट्टराईको बारेमा निर्णय लिन आज दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ।
संसदीय सुनुवाइ समितिले भट्टराईसँग स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । उनले प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिएको समितिलाई जानकारी दिएका छन् ।


































