National life

शोधनान्तर बचत १ खर्ब नाघ्यो ,चालु खाता ५० अर्ब बचतमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
652Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को दुई महिनामै शोधनान्तर बचत १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको साउन र भदौको तथ्यांकका आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार भदौ मसान्तमा भुक्तानी शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा छ ।

गत आव २०८०/८१ को सोही अवधिमा भुक्तानी सन्तुलन ५५ अर्ब १० करोडले बचतमा थियो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
साउनमा ४० अर्ब ९० करोडले बचतमा रहेको शोधनान्तर स्थिति भदौमा ६० अर्बभन्दा बढीले वृद्धि भएको छ ।

यस्तै भदौसम्म चालु खाता बचत ४९ अर्ब ६९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आव यही अवधिमा २३ अर्ब ९७ करोडले बचतमा रहेको चालु खातामा थप सुधार देखिएको छ ।

खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड कायम भएको र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ अर्ब ७१ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष सोही अवधिमा खुद पूँजीगत ट्रान्सफर ८५ करोड ८ लाख र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ३ अर्ब थियो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?