काठमाडौं । बैंक वित्तीय क्षेत्रमा लक्ष्मी सनराइज बैंकले सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष योजनामा सहभागीता जनायो । उक्त बैंकले सहभागीता जनाएको अवस्थामा अहिलेको जस्तो त्यति सहज थिएन। नयाँ योजना भएकाले कतिपय ठाउँमा उक्त अभ्यासको स्वागत भइरहेको थियो भने कहिकतै विरोध वा शंका समेत उत्पन्न भइरहेको अवस्था थियो ।
ठिक त्यस्तो अवस्थामा सुरु गरे पनि सामाजिक सुरक्षा कोषमा नियमीत सहभागिता जनाउँदै आएको संस्थामा लक्ष्मी सनराइज बैंक पर्ने गर्छ ।
यस्तो छ लक्ष्मी सनराइजका एचआर हेड अमित शर्माको मिठो अनुभव
वि.स. २०७४ सालमा श्रम ऐन आउँने भनिएको थियो । तत्कालिन अवस्थामा तीनवटा ऐन सरकार, लेवर युनियन र कमदार जोडेर एक साथ ल्याउँने भनियो । त्यस्तो योजनामा सरकारले समाजिक सुरक्षा कोष मार्फत भुक्तानीमा विश्वस्त पार्न बातावरण तयार गर्दै लगेको अवस्था थियो । ।
पहिले-पहिले कतिपय कम्पनीहरुले नदिने गरेको पनि केही उदाहरणहरु छन् । त्यस्तो भुक्तानीको लागि श्रम ऐन, बोनस ऐनमा केही सहज बन्ने भन्ने कुरा थियो । सुरुबाटै कर्मचारीहरुले पाउँने उपदानहरुका लागि सकारात्मक रुपमा काम गर्दै आएको अवस्था थियो । त्रिपक्षीय संवादमा आफ्नो सहभागिता नै रहेको शर्मा बताउँछन् ।
उनले आफूहरु बैंक मध्ये सबैभन्दा पहिलो विनियमावली परिवर्तन भन्न राष्ट्र बैंक पुगेको र अहिले सो कुरा ऐनमा प्रस्ष्ट लेखिएको बताएका छन् । लक्ष्मी सनराइजले पनि स्टाफहरुको १० वर्ष, २० वर्ष काम गरेको अनुभवको आधारमा उपदान दिने गरेको थियो। अब त्यही उपदान जस्तै व्यवस्था सरकारले ल्याएकाले बैंक सरकारले ल्याएको मोडेलमा सहभागिता जनायो।
शर्माले भने,‘सामाजिक सुरक्षा कोषले पैसा मागेको बेलामा हामीले निर्णय लिनु पर्ने अवस्था आयो । हामीले कोषको बारेमा पनि अध्ययन गरेकाले हामीले त्यति बेलामा नै कोषमा जान तयार भयौ । अहिले तपाईहरु हेर्नु होला कोही कर्मचारीलाई भवितव्य आएर मृत्यु भएमा बीमा कम्पनीहरुले पनि दिन नसक्ने स्किम सामाजिक सुरक्षा कोषमा छन् । सामाजिक सुरक्षा कोषमा मृतकका परिवारलाई पेन्सनसम्मको योजना छ । यसमा २०७८ सालसम्म आवद्ध भएका कर्मचारीहरुले मात्रै पैसा फिर्ता लान मिल्ने व्यवस्था गरिएको थियो ।’
हामीले आफ्नो बैंकको रिटायर्डमेन्ट फन्ड, कर्मचारी सञ्चय कोष वा सामाजिक सुरक्षा कोष जुनमा गए पनि उस्तै हो भन्ने धारणा बनायौं । त्यति बेलामा जुमको माध्यमबाट मैले नै २७ घण्टाको सेसन समेत संचालन गरेको थिए । त्यो चाही कोषको महत्व बुझाउँन मात्रै गरिएको थियो । त्यति बेलामा पचास वर्ष कटेपछि कोष चाहिन्छ भनेर हामीले कर्मचारीहरुलाई जागरण कार्यक्रम पनि गर्यो ।
उनले थपे,‘सामाजिक सुरक्षा कोष त अमेरिकामा पनि सुरुको दशकमा भन्दा पनि सुरु भएको तीन दशक पछि त्यसमा दुर्घटना बीमा समावेश भएको हामीले देख्न सक्छौ । त्यस्तै नेपालको हकमा पनि यो कुनै सरकारले वा पार्टीले भन्दा पनि संविधानले ल्याएको हो भन्ने कुरा भुल्नु भएन । बरु अस्तालहरु थप्न आवश्यक छ भने हामीले थप्ने हो । सामाजिक सुरक्षा कोषमा बैंकले दिने उपदान र कोषले दिने रकममा फरक पर्ने र कोषमा जाँदा घाटा हुन्छ भन्ने अफवाह फैलिएको रहेछ।’
त्यस्तै, ऐनले सामाजिक सुरक्षा कोष खारेज भएमा सरकारले स्वामित्व लिने भन्ने कुरालाई कतिपयले यो बन्द गर्न नै यस्तो लेखिएको हो भन्ने भ्रम पनि फैलाएको अवस्था थियो ।
बैंकले त्यति बेलामा पनि केही कुरामा सुधार गरेमा देशको लागि र हाम्रो लागि राम्रो कुरा पनि हो भनेर त्यही अनुसार काम गर्यौ । लक्ष्मी सनराइज बैंक युनियनले पनि त्यो कुरा मानेका थिए भने सो भन्दा पछाडी स्टयाडर्ड चार्टर्ड बैंक गएको हो। हालसम्म निरन्तर गइरहेका छौं, उनले सुनाए ।
योगदान रकमको अवस्था
श्रम ऐन मानेको र सामाजिक सुरक्षा योजनाको अवधारणा मन परेकाले आफूहरु कोषमा आवद्ध भएको एचआर हेड शर्माले बताएका छन् ।

































