काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज सोमबारको प्रतिनिधिसभाको बैठक पनि सुरुमै बहिस्कार गरेका छन्।
यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपा सांसद आज पनि सभामुखले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गरिरहेको छ।
उनीहरुले भिजिट भिसामार्फत भएको मानव तस्करीको छानबिन नगरेसम्म संसद्मा आफूहरूको विरोध जारी रहने भन्दै बैठक बहिस्कार गरेका हुन् ।

































