National life

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक रहेको कांग्रेसको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ जेठ २०८१, शनिबार
702Shares
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक रहेको कांग्रेसको दाबी
ncell

काठमाडौं । आज बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको बैंठक सम्पन्न भएको छ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा समिति गठन गर्ने वा नगर्ने टुंगो लाग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समिति गठन गर्ने सहमति नभएको खण्डमा भने पूर्ववत् अवस्थामै फर्किने कांग्रेस पक्षको भनाई छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै गरि रहेको भए पनि त्यसमा सत्ता पक्ष भने तयार नभएको अवस्था छ ।

 

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?