काठमाडौं। जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेका छन्।
प्रहरीको घेरा तोड्दै उनीहरूले संसद् भवनको गेटबाट माथि चढेर भित्र प्रवेश गरेका थिए। हाल प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्दै घटनास्थलमा नियन्त्रण कायम गर्न खोजिरहेको छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावपूर्ण परिस्थिती कायम भएको छ । नेपालमा लोकप्रिय सामाजिक सञ्जालहरू बन्द भएपछि युवाहरू सडकमा ओर्लिएका हुन् । उनीहरूले ‘सरकार बोल्न दे, देश लुट्न पाइँदैन’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘सञ्जाल खोल’ जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका छन् ।






































