काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारी संसद् भवन परिसरभित्र प्रवेश गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केहीले ब्यारिकेड तोड्दै संसद् भवनमा प्रवेश गरेपछि स्थिति झन् तनावपूर्ण बनेको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले संसद् भवनको दक्षिणी गेटतर्फ अश्रुग्यास प्रहार गरेको छ।






































