काठमाडौं । आज वैशाख १६ गते मंगलबारका दिन सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।
कम्पनीले गत वर्षको नाफाबाट यस कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।































