National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ६ करोड ८८ लाख नाफा, अन्य सूचक सुधारउन्मुख

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
609Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ६ करोड ८८ लाख नाफा, अन्य सूचक सुधारउन्मुख
ncell

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार, कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ६५ दशमलव ७२ प्रतिशतले कम हो। गत वर्ष यस अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालू आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेकाले नाफामा दबाब परेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ७९ करोड ५९ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७१ करोड ९१ लाख रुपैयाँमा कायम भएको छ। कम्पनीको कुल आम्दानीमा भने चालू आवमा वृद्धि भएको छ। गत आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?