National life

‘सगरमाथा संवाद’ को प्रधानमन्त्रीद्वारा समुद्घाटन, स्वदेशी र विदेशी विशिष्ट व्यक्तिको सहभागिता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
386Shares
‘सगरमाथा संवाद’ को प्रधानमन्त्रीद्वारा समुद्घाटन, स्वदेशी र विदेशी विशिष्ट व्यक्तिको सहभागिता
ncell

काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्माले उक्त विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् । समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेका छन् ।

Royal Enfield
nic asia capital
आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन्।

जलवायु परिवर्तन, हिमाल र मानव भविष्यमा केन्द्रित हुने यस संवादमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने भएको छ ।

साथै जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई विश्वव्यापी समस्या रहेकाले त्यसअनुसारको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने परराष्ट्र मन्त्री आरजु राणा देउवाको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?