काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सञ्चारसम्बन्धी निकायका उच्च पदहरूका लागि आवेदन खुला गरेको छ।
मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले जेठ १८ गतेभित्र आवेदन दिन सक्नेछन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको हो।
आवेदन दिन आवश्यक योग्यता, फारम र कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।


































