National life

सतुङ्गलस्थित कपडा गोदाममा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
470Shares
सतुङ्गलस्थित कपडा गोदाममा आगलागी
ncell

काठमाडौँ । सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आज बिहान भीषण आगलागी भएको छ । आगो बिहान साढे पाँच बजेतिर लागेको थियो ।

६ वटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी बिहान ७ बजे आगो नियन्त्रणमा ल्याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको उनले बताए।

Royal Enfield
nic asia capital

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी, डिएसपी सुन्दर तिवारीसहित प्रहरीको उच्च टोली घटनास्थल पुगेको थियो ।

थानकोट प्रहरी वृत्तबाट डिएसपीको नेतृत्वमा १५ जना, बलम्बु प्रहरी प्रभागबाट इन्स्पेक्टरको नेतृत्वमा १२ जना र मातातीर्थबाट ४ जना प्रहरी परिचालन गरिएको थियो ।

यसअघि बुधबार पनि काठमाडौंको मखन टोलमा भएको आगलागीमा एक महिलाको ज्यान गएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?