National life

सबैको लघुवित्त र साधनाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ असार २०८१, सोमबार
531Shares
सबैको लघुवित्त र साधनाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
ncell

काठमाडौं। मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।

मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?