National life

सबै सरकारी बीमा कम्पनी सीईओ बिहीन:प्रकृयागत झन्झटले ९० दिन कट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
1.3kShares
सबै सरकारी बीमा कम्पनी सीईओ बिहीन:प्रकृयागत झन्झटले ९० दिन कट्यो
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कानुनी रुपमा नै कुनै पनि (बीमक) बीमा कम्पनीहरुमा ९० भन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिहीन राख्न नपाउँने व्यवस्था गरेको छ । प्राधिकरणको उक्त प्रावधान विपरीत तीनवटै सरकारी बीमा कम्पनीहरु नेत्तृत्व बिहिन अवस्थामा गुज्रिरहेका छन् । यता बीमा प्राधिकरणले भने सरकारले नै ऐन विपरीत जाने भन्दा पनि कम्पनीहरुलाई यथाशिघ्र सीईओको नियुक्ती दिनुपर्ने बताएको हो ।

४४ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी र पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी तथा राष्ट्रिय बीमा कम्पनी नेत्तृत्व बिहिन अवस्थामा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो अवस्थामा बीमा प्राधिकरणका उच्च कर्मचारीहरु आफैले कुनै पनि कम्पनी सीईओ बिहीन हुनु भनेको मुख्य अभिभावकत्वमा कमी आउँने समेत बताइरहेका छन् ।

आर्थिक भ्वाईससँग नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश लालकर्णले भने,‘सीईओ नियुक्ती सम्बन्धि हाम्रो निर्देशिका नै छ । त्यो निर्देशिक बीमकलाई लाग्छ । बीमक भनेको सम्पूर्ण जीवन, निर्जीवन तथा पुनर्बीमक सबै पर्दछन् । हाम्रो ऐनले नै भनेको कुरा त्यही नै हो । तपाईहरुले नेपाल री इस्योरेन्समा हेर्नु भयो भने त्यहाँ सीईओ नियुक्त गर्ने दायित्व सरकारको हो । यता राष्ट्रिय जीवन बीाम कम्पनीमा पनि त्यस्तै हालत छ, सीईओ हुनुहुन्न ।’

उनले राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंक, नेपाल राष्ट्र बैक तथा नेपाल सरकारको लगानी रहेको बताउँदै यसरी सरकारी स्वामित्व भएको संस्थामा काम प्रभावकारी रुपमा अगाडी बढाउने दायित्व सरकार समक्ष पनि जोडिने बताएका छन् ।

कुनै संस्थामा सीईओ नभएमा त्यस्तो संस्था नेत्तृत्वबिहीन हुने पनि निर्देशक कर्णले स्पष्ट पारेका छन् । सुशासन बमोजिम तुरुन्तै तोकेको अवधि भित्र सरकारले सीईओ नियुक्ती गर्दिमा संस्थाले बीमा सेवा जस्तो अत्यावश्यक सेवाको काम कारबाही प्रभावकारी रुपमा गर्न सम्पन्न गर्न सक्छ । बीमा व्यवसायको विश्वस्नियता बढाउँन समेत सीईओको ठूलो हात हुने भन्दै उनले बीमा पेशाको अपरिहार्यता बुझ्दै सरकारले सीईओ नियुक्तीको प्रक्रियालाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउँनु पर्ने बताएका छन् ।

यता केही सीईओहरुले भने आफूहरुले एउटा कम्पनी छोडेर अर्को कम्पनीमा जाँदा कुलिङ पिरियोड कडाईका साथ लाग्ने भएकाले कुनै पनि कम्पनी नेत्तृत्वबिहीन हुँदा त्यस्तो अवस्थामा पनि सकेसम्म छिटो सीईओ नियुक्ती गर्नु पर्ने बताउँदै आएका छन् ।

बीमा कम्पनीको सीईओ बन्न सम्बन्धित कम्पनीकै कतिपय कर्मचारीहरुले इच्छुक देखिने क्रम बढ्दै गएको अवस्था छ । ठीक यही बेलामा बीमा क्षेत्रमा कुनै पनि कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नै सीईओ बन्नु ठिक हुने वा अन्य बैंक वित्तीय क्षेत्रको सीपालुलाई बढी ग्राहयता दिने भन्ने विषयमा पनि ठीक यही समयमा बहसहरु चलिरहेका छन् ।

नेपाल री इन्स्योरेन्सबाट सीईओ शंकरकुमार रायमाझीको गत पुस ७ गतेबाट कार्यकाल सक्किएको थियो । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका सीईओ शेखर बरालले पनि गत मंसिर १५ नै राजिनामा बुझाएर कार्यसम्पान गर्न छोडेका थिए । तत्कालीन बीमा सस्थानमा गत कार्तिक अन्तिम साताबाटै प्रसाशक कवि प्रसाद पाठक बाहिरीएका थिए । हालसम्म बीमा क्षेत्रका तीन वटै बीमा कम्पनीहरु निमत्त सीईओको भरमा चल्न बाध्य छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?