काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेतवार्ता गरेका छन् ।
लामिछानेले सभामुखलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेका छन् ।
अदालतले पुर्पक्षका लागि पठाउने निर्णय गरेको खण्डमा मात्र सांसद पदबाट निलम्बन हुनुपर्नेमा अहिले आफू धरौटी राखेर तारेखमा रिहा भएकाले निलम्बन फकुवा गर्न लामिछानेले माग गरेका छन् ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेको थियो ।

































