National life

समस्याग्रस्त सहकारीको ३८ अर्ब बढीको माग दाबी : ३ अर्ब ७१ करोड बचत फिर्ता, बाँकी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
1.4kShares
समस्याग्रस्त सहकारीको ३८ अर्ब बढीको माग दाबी : ३ अर्ब ७१ करोड बचत फिर्ता, बाँकी कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८२ को अन्तिम समयसम्म आइपुग्दा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान गरेको छ ।

समितिले आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गर्दै हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई माथि उल्लेखित बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको जानकारी दिएको छ ।

तथापि, अहिलेसम्म फिर्ता भएको यो रकम कुल माग दाबीको करिब १० प्रतिशत मात्र हो। पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ।

Royal Enfield
nic asia capital

समितिका अनुसार हालसम्म ६१ हजार ९४ जना माग दाबी कर्ताको कुल माग दाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको माग दाबी परेको छ। यसमध्ये समितिले विभिन्न प्रक्रियामार्फत ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता तथा दायित्व मिलान गरिएको जनाएको हो ।

असार १५ गतेसम्मको तथ्याङ्क अनुसार आफ्नो दुई वर्षे कार्यकालमा समितिले उक्त रकम फिर्ता तथा दायित्व गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १२ हजार ९९९ बचतकर्तालाई ८३ करोड ६५ लाख २० हजार रुपैयाँ फिर्ता गरिएको थियो ।

चालु आर्थिक वर्षको साढे ११ महिनामा ३ हजार ६८९ बचतकर्तालाई २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता तथा मिलान गरिएको समितिले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?