National life

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
475Shares
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : प्रचण्ड
ncell

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्ने क्रममा उनले सो कुरा उल्लेख गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता रहेको औँल्याए ।

“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”

Royal Enfield
nic asia capital

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सशक्त सहकार्य वातावरणका बारेमा समेत स्मरण गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?