National life
cg eloctronics

सरकारको पुँजीगत खर्च लक्ष्यको ३४ % मात्रै खर्च, आम्दानी भन्दा दुई खर्ब ११ अर्ब बढी खर्च

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
1KShares
सरकारको पुँजीगत खर्च लक्ष्यको ३४ % मात्रै खर्च, आम्दानी भन्दा दुई खर्ब ११ अर्ब बढी खर्च
muktinatha bikash bank

काठमाडौँ – चालू आर्थिक वर्षको अन्तिम समय मुखैमा आउँदा समेत  सरकारको पुँजीगत अर्थात् विकास खर्च लक्ष्यको ३४ दशमलव १६ प्रतिशत मात्रै भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा एक खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ मात्रै खर्च भएको उल्लेख छ ।

गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । आफ्नो लक्ष्य भेटाउन सरकारले अब दुई महिनामा दुई खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विकास बजेटको खर्च कमजोर रहे पनि चालूतर्फ भने लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत धेरै खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ७१ दशमलव ९६ प्रतिशत खर्च भएकाले सरकारको कुल खर्च भने लक्ष्यको ६२ दशमलव २४ प्रतिशत पुगेको छ ।

सरकारले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको ६४ दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्ममा नौ खर्ब १९ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

everest bank

सरकारले १० महिनामा कुल नौ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी गर्दा ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ भने सरकारको आम्दानी भन्दा खर्च दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा धेरैले बढी देखिएको छ ।

कम समयमा धेरै काम गर्दा कामको गुणस्तर नदेखिनुको साथै कतिपय कामै नगरी भुक्तानी दिनेलगायतका समस्या आउने गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?