National life

माघदेखि-चैत्रसम्म शिक्षा मन्त्रालयको चालुतर्फ ४६.९०प्रतिशत खर्च, पूँजीगतमा शून्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
937Shares
माघदेखि-चैत्रसम्म शिक्षा मन्त्रालयको चालुतर्फ ४६.९०प्रतिशत खर्च, पूँजीगतमा शून्य
ncell

काठमाडौं ।  माघदेखि चैत्र मसान्तसम्मको अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगततर्फ ०.० प्रतिशत खर्च भएको छ।

आर्थिक वर्षको तेस्रो चौमासिकका लागि चैत मसान्तसम्ममा विनियोजितमध्येमा चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत मात्रै खर्च भएको हो ।  चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा भने शून्य खर्च भएको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ रु ६३ करोड ५३ लाख र पुँजीगततर्फ रु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान रु दुई ५३ करोड ७६ लाख र वैदेशिक अनुदानतर्फ रु चार अर्ब ९४ करोड दुई लाख रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
937SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?