National life

सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
706Shares
सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति बसेको प्रतिनिधिसभाको बैठकले कार्यक्रम पारित गरेको हो ।

गएको जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । शनिवार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

राष्ट्रियसभाबाट यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दैछ । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?